नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुको चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस कमिटी गठन।

 संवाददाता    २०७८, ८ पुष बिहीबार १५:४७     234 जनाले पढ़िसके



Spread the love

नेकपा एमाले निकट भातृसंगठन अनेरास्ववियुले आफ्नो केन्द्रिय सर्कुलर अनुसार देशैभरी संगठन बिस्तार तिब्र रुपले अगाडि सारेको छ। चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसको कमिटी गठन कार्यक्रमको अध्यक्षता अनेरास्ववियु निवर्तमान क्याम्पस कमिटी अध्यक्ष सन्दिप थापा तथा प्रमुख अतिथि अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा प्रदेश न:२ सह-इन्चार्ज – उज्वल कार्की,विशेष अतिथि -अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा प्रदेश न:२ अध्यक्ष अन्जना सिवाकोटी ,अनेरास्ववियु जिल्ला अध्यक्ष -समिमबाबू खान, तथा अतिथिहरु जिल्ला कार्यालय सदस्य प्रयास प्रधान,मोहित राज खड्का ,युवराज आचार्य ,जिल्ला कमिटी सदस्य सरोज चौधरी ,हिमाल घिमिरे,ज्योती खड्का,सर्लाही क्याम्पस कमिटी अध्यक्ष धर्मेन्द्र यादब,सचिब अभिषेक झा,विद्यार्थीनेताहरु,सुशील मैनाली,अबदेश यादब,बेनि माधब महतो,सुरेन्द्र महतो लगायतको उपस्थितिमा नयाँ क्याम्पस कमिटी गठन गरेको छ। नवनिर्वाचित कमिटिमा अध्यक्ष राकेश साह, उपाध्यक्ष आस्मिक मुरिमगर, सचिब विशाल दाहाल, सह-सचिब दिपा प्याकुरेल,लक्ष्मी दाहाल,कोषाध्यक्ष अर्चना वाइवा सहित ६१ सदस्यीय कमिटी गठन भएको नवनिर्वाचित कमिटिका सचिव विशाल दाहालले महेन्द्रमाला खबर संवाददातालाई जानकारी दिए ।