नेपाल टेलिकमको यस आर्थिक वर्षको पहिलो त्रैमासिक विवरण अत्यन्तै राम्रो खुद नाफामा उल्लेख्य वृद्धि

 संवाददाता    २०७८, ३० कार्तिक मंगलवार १३:२३     133 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाल टेलिकमको नाफामा वृद्धि भएको छ । टेलिकमले चालू आर्थिक २०७८/७९ को पहिलो त्रैमासमा आफ्नो नाफा १३।२ प्रतिशतले वृद्धि गर्दै ९ अर्ब ७७ करोड रुपैयाँ पुर्याएको छ । कम्पनीको गत आवको साही अबधिमा यस्तो नाफा ८ अर्ब ६३ करोड रुपैयाँ मात्र रहेको थियो ।

कम्पनीको गत आबमा खुद मुनाफा १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार रहेकोमा चालु आवको सोही अवधिमा ७४ करोड २१ लाख ३४ हजार अर्थात ४८.९० प्रतिशतले वृद्धि भई २ अर्ब २५ करोड ९९ लाख ४ हजार पुगेको छ ।

यस्तै कम्पनीको गत आबको प्रथम त्रैमासिमा कुल आय रु। १० अर्ब १० करोड ४४ लाख ७५ हजार रहेकोमा चालु आबको सोही अवधि कुल आय रु। ८४ करोड ७८ लाख ७१ हजार अर्थात, ८.३९ प्रतिशतले वृद्धि भई रु। १० अर्ब ९५ करोड २३ लाख ४६ हजार पुगेको छ ।कम्पनीको आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एस.एम.एस. सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन गएको र जसबाट आम्दानी बढेको देखिन्छ । हाल कमपनीले टुजी र थ्रीजी सेवाको पहुँच नपुगेका स्थानहरुमा समेत फोरजी सम्मको सेवाको पहुँच विस्तार गरे ग्राहक समेत बढाएको छ ।