प्रदेश नं २ का महिला,युवा तथा बालबालिका मन्त्री सिंहले गरे,धनकौल गाउँपालिकाकाे नवनिर्मित मुख्य प्रशासनिक भवनकाे उद्घाटन

 संवाददाता    २०७८, २९ कार्तिक सोमबार १९:४१     151 जनाले पढ़िसके



Spread the love

धनकाैल, सर्लाही। प्रदेश नं.२ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहले आज
धनकौल गाउँपालिकाकाे नवनिर्मित मुख्य प्रशासनिक भवनकाे उद्घाटन गरेका छन् ।मन्त्री सिंहले नवनिर्मित प्रशासनिक भवनकाे रिवन काटेर उद्घाटन गर्दै आफ्नै भवन नहुदा भाडाको घरबाट सेवा प्रवाह गर्नुपर्दा गाउँपालिकाले भाेग्दै आएकाे समस्याबाट मुक्ति पाएकाे बताए । कार्यक्रमकाे प्रमुख अतिथिसमेत रहेका मन्त्री सिंहले गाउँपालिका अध्यक्ष राम आश्रय साहकाे अथक र ईमानदार प्रयासमाबाट भव्य प्रशासनिक भवनकाे निर्माण सम्पन्न भएको बताउदै आफुले पनि क्षेत्रकाे बिकाश याेगदान गरिरहेकाे अझ धेरै गर्ने बताए ।धनकौल गाउँपालिका अध्यक्ष राम आश्रय साहकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिकाले जिल्लाका विभिन्न क्षेत्रमा योगदान पुर्याउने ब्यक्तिहरुलाई प्रमुख अतिथि मन्त्री सिंहकाे हातबाट सम्मान गरि मायाको चिनो प्रधान गरेकाे धनकाैल गाउँपालिकाले जनाएको छ ।
अध्यक्ष साहले भवन निर्माणमा महत्त्वपुण योगदान पुर्‍याएकाे भन्दै प्रमुख अतिथि मन्त्री सिंहलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरेका थिए ।