सर्लाही काठमांडौ सम्पर्क समिति(नेकपा माओवादी ) द्दारा छठ पर्वको उपलक्षमा विपन्न वर्गलाई कम्बल तथा पुजा सामग्री वितरण

 संवाददाता    २०७८, २४ कार्तिक बुधबार १२:४९     175 जनाले पढ़िसके



Spread the love

शिवशक्ति धाम पगला बाबा आश्रम एवम् नेकपा माओवादी केन्द्र सर्लाही काठमाडौं सम्पर्क समिति द्वारा छठ पर्व को पावन अवसरमा बलरा नगरपालिका-७ डुमरिया मा छठ पर्व गर्ने व्रतालु तथा विपन्न वर्गका ५०० जना लाई कम्बल एवम् पुजा सामाग्री वितरण गरिएको साथै रामनगर गांउपालिकामा रहेको छठ पुजा समितिलाई समेत केही आर्थिक सहयोग गरेको शिवशक्ति धाम पगला बाबा आश्रमका अध्यक्ष साथै नेकपा माओवादी केन्द्र सर्लाही काठमाडौं सम्पर्क समितिका सदस्य ई. चन्दन सिंह” कुन्दन” ले महेन्द्रमाला खबरलाई बताए।यस पावन कार्य बाट थोरै भएपनि विपन्न वर्ग लाई चाडबाड र आउंदै गरेको ठन्डा याममा केही राहत पुग्ने उनले बताए।