अब हुने चुनावमा एमालेलाई कुचो लगाएर बढार्ने हो कुचोले भएन भने भ्याकुम: गगन थापा

 संवाददाता    २०७८, १७ कार्तिक बुधबार १२:३८     154 जनाले पढ़िसके



Spread the love

सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अब हुने चुनावमा नेकपा एमालेलाई हराउनुपर्ने बताएका छन्।भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डुमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले एमालेलाई स्थानीय तह, प्रदेश र केन्द्रमा अब हुने चुनावमा हराउनुपर्ने बताए।यसपटकको चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने हो। बढार्दा कुनाकाप्चामा धुलो अड्कियो भने भ्याकुम लगाउने हो,’ थापाले भने। विगतमा पनि कांग्रेस एक्लै निर्वाचन लड्दा पहिलो पार्टी बनेको थापाले बताए।सिङ्गल-सिङ्गल लड्ने भनेको होइन? हामी विगतमा सिङ्गल नै लडेर पहिलो पार्टी बनेको हो,’ उनले भने। उनले कांग्रेसले अहिले सरकारको नेतृत्व लिएको र जिम्मेवारी पूरा गरिने बताए।प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई आफूले दुई पटक भेटेर सरकारले गरेका राम्रा र नराम्रा कामबारे जानकारी गराएको र नराम्रा काम नगर्न आग्रह गरेको पनि थापाले बताए।एमालेमा फरक मत राख्ने दुई जना मात्रै देख्छु। भीम रावल र घनश्याम भुसाल। बाँकी कोही हुनुहुन्न,’ उनले भने, ‘एमाले फुट्यो अहिले ओली एन्ड कम्पनी भएको छ।’उनले अर्ली इलेक्सन नहुने पनि बताए। बरू वैशाखमा स्थानीय तहको चुनाव हुने उनको भनाइ छ।