मौसम पूर्वानुमानः हिमाली भेगमा आंशिक बदली रही हिमपात र बाँकी भागमा सामान्यतया सफा रहने

 संवाददाता    २०७८, १४ कार्तिक आईतवार ०९:०२     145 जनाले पढ़िसके



Spread the love

काठमाडौं-हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ।

आइतवार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एकदुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।