भारतबाट आउन बांकी १० लाख मात्रा कोभिसिल्ड खोप आज नेपाल आउँदै

 संवाददाता    २०७८, २३ आश्विन शनिबार १३:४५     199 जनाले पढ़िसके



Spread the love

भारतसँग खरिद गरिएपनि निर्यात रोकिएको १० लाख मात्रा कोभिसिल्ड खोप आज नेपाल आउँदैछ । एयर इण्डियाको विमानबाट अपरान्ह करिव साढे २ बजे सो खोप नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको व्यवस्थापन महाशाखाका खोप सुपरिवेक्षक अधिकृत ओम प्रसाद उपाध्यायले बताउनुभयो । सो खोप गत वैशाखमै भारतले नेपाललाई उपलब्ध गराउनुपर्नेमा ६ महिना पछि मात्रै पठाएको हो । नेपालले भारतसँग २० लाख डोज कोभिसिल्ड खोप खरिद गरेकामा १० लाख डोज गत माघमै आयात गरिएको थियो ।

यसैविच, आज नेपाल ल्याइने कोभिसिल्ड खोप अस्ट्राजेनका खोपको पहिलो मात्रा लगाएकाहरुका लागि दोस्रो मात्राका रुपमा प्रयोग गरिने मन्त्रालयको तयारी छ । मन्त्रालय अन्तर्गतको खोप शाखा प्रमुख सागर दाहालले यसअघि जापान तथा भुटानबाट आयात गरिएको अस्ट्राजेनकाको खोपको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा दिइने बताउनुभयो ।