कोरोनाविरुद्धको खोप नेपालमै उत्पादन गर्न दिने मन्त्रीपरिषद वैठकको निर्णय

 संवाददाता    २०७८, २० श्रावण बुधबार १९:५४     233 जनाले पढ़िसके



Spread the love

सरकारले नेपालमा कोरोनाविरुद्धको खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति दिने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाविरुद्धको खोप उत्पादन गर्न चाहने कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि प्रोत्साहित गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

नेपालले चीन, भारतसहितका विभिन्न देशहरूसँग कोरोनाविरुद्धको खोप खरिद गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप उत्पादन गर्न चाहने कम्पनीलाई प्रोत्साहत गर्नुपर्ने धारणा बैठकमा राखेका थिए ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको प्रस्तावमा सरकारले कोरोनाविरुद्धको खोप नेपालमा उत्पादन गर्न दिने निर्णय गरेको बुझिएको छ ।