हिजो घटेको सुनचाँदीको मूल्य आज थप घटेको छ।
हिजो तोलामा २ हजार १ सय रुपैयाँ घटेर २ लाख ९४ हजार ४ सयमा झरेको सुनको भाउ आज पनि तोलामा २ हजार २ सय रुपैयाँ घटेको हो।
सुनको भाउ आज तोलाको २ लाख ९२ हजार २ सयमा झरेको महासंघले जनाएको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँ घटेर ४ हजार ३ सय ५५ रुपैयाँमा झरेको छ।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।