अर्थ मन्त्रालयले एकै पटक ८५ जना कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयले असोज २३ गतेको निर्णयअनुसार कर्मचारीको सरुवा गरेको हो।
सरुवा हुनेहरुमा उपसचिव, निर्देशक, प्रमुख कर अधिकृत, प्रमुख भन्सार अधिकृत र प्रमुख अनुसन्धान अधिकृत गरी ८५ जना कर्मचारी छन्।
मन्त्रालयले २७ जना उपसचिव, १७ जना निर्देशक, २४ जना प्रमुख कर अधिकृत, १३ जना प्रमुख भन्सार अधिकृत र चार जना प्रमुख अनुसन्धान अधिकृतसहित ८५ जना कर्मचारीको सरुवा गरेको हो।