नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि

 संवाददाता    २०८३, २३ आश्विन शुक्रबार १३:३०     0 View



Spread the love

बिहीबार तोलामा ५ सय रुपैयाँ बढेको सुनको भाउ आज पनि ३ हजार २ सय रुपैयाँ बढेको छ। चाँदीको मूल्य पनि आज बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुनको मूल्य तोलाको २ लाख ९५ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ २ लाख ९२ हजार ८ सय थियो।

बुधबार पनि सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँ बढेर ४ हजार ४ सय ५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको भाउ ४ हजार ३ सय ९० रुपैयाँ थियो।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।