सुनको मूल्यमा वृद्धि, चाँदीमा गिरावट

 संवाददाता    २०८३, २२ आश्विन बिहीबार ११:१३     37 जनाले पढ़िसके



Spread the love

आज पनि सुनको भाउ बढेको छ। चाँदीको मूल्यमा भने आज गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेर २ लाख ९२ हजार ८ सय पुगेको हो।

बुधबार तोलामा ८ सय रुपैयाँ बढेर सुनको भाउ २ लाख ९२ हजार ३ सय कायम भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ। तोलामा ३५ रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ३ सय ९० रुपैयाँमा झरेको महासंघले जनाएको छ।