स्वास्थ्यमा समस्या आएपछि अनशनरत डिल्ली हरिजन अस्पताल भर्ना

 संवाददाता    २०८३, २१ आश्विन बुधबार १५:१५     45 जनाले पढ़िसके



Spread the love

अनशनरत एमबीबीएस अध्ययनरत डिल्ली हरिजन अस्पताल भर्ना भएका छन्।

उनी तीन दिनदेखि भक्तपुरको सानोठिमीस्थित चिसित्सा शिक्षा आयोगको परिसरमा अनशन बस्दै आएका थिए। उनको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पताल भर्ना गरिएको हो।

उनलाई रिंगटा लाग्ने, बोल्न समस्या हुनेलगायतका समस्या देखिएको छ। उनलाई वीर अस्पतालको आकस्मिक कक्षामा राखेर उपचार थालिएको छ।

इन्टर्न तथा आवासीय चिकित्सकसँग भएको सहमति कार्यान्वयनको माग गर्दै उनी अनशनमा बसेका हुन्। दुई महिनाअघि सरकारले हरिजनसँग पाँच बुँदे सहमति गरेको थियो।

इन्टर्न तथा आवासीय चिकित्सकहरू ३६ घण्टासम्म लगातार ड्युटी गर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने, चिकित्सकको कार्यघण्टा, निर्वाह भत्ता, सुरक्षित कार्य वातावरण तथा अन्य जायजबारे भएको सहमति कार्यान्वयन गर्नुपर्ने उनको माग छ।