बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो भाउ?

 संवाददाता    २०८३, २१ आश्विन बुधबार ११:५८     35 जनाले पढ़िसके



Spread the love

आज सुनचाँदीकै मूल्य बढेको छ।

सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँ बढेर २ लाख ९२ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत सोमबार तोलामा ४ सय रुपैयाँ घटेको सुनको भाउ मंगलबार तोलाको २ लाख ९१ हजार ५ सयमै स्थिर थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा १५ रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ४ सय २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

मंगलबार चाँदीको भाउ आज ४ हजार ४ सय १५ रुपैयाँ थियो।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।