चाँदी महँगियो, सुनको मूल्य कति पुग्यो ?

 संवाददाता    २०८३, २० आश्विन मंगलवार १३:०९     15 जनाले पढ़िसके



Spread the love

सोमबार तोलामा ४ सय रुपैयाँ घटेको सुनको भाउ आज स्थिर छ।

सुनको मूल्य आज तोलाको २ लाख ९१ हजार ५ सयमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतार तोलामा २ हजार ९ सय घटेको सुनको भाउ सोमबार ४ सय घटेर २ लाख ९१ हजार ५ सयमा झरेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ। तोलामा ८५ रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ४ सय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

हिजो तोलामा ६० रपैयाँ घटेर चाँदीको भाउ ४ हजार ३ सय ३० रुपैयाँमा झरेको थियो।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।