आज फेरि बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो मूल्य?

 संवाददाता    २०८३, १६ आश्विन शुक्रबार ११:१६     20 जनाले पढ़िसके



Spread the love

आज सुनचाँदीकै मूल्य बढेको छ।

सुनको भाउ आज तोलामा १ हजार ५ सय रुपैयाँ बढेर २ लाख ९४ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि गत सोमबार मंगलबार दुई दिनमा तोलामा ८ हजार ८ सय रुपैयाँ घटेको सुनको भाउ बुधबार तोलामा २ हजार ८ सय रुपैयाँ बढेको थियो।

बिहीबार भने सुनको भाउ तोलाको २ लाख ९३ हजार ३ सय रुपैयाँमै स्थिर थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि पनि तोलामा २५ रुपैयाँ बढेर ४ हजार ४ सय ५० पुगेको छ। बिहीबार चाँदीको भाउ ४ हजार ४ सय २५ रुपैयाँ थियो।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।