सुनको भाउमा उतारचढाव, दुई दिनको गिरावटपछि आज बढ्यो

 संवाददाता    २०८३, १४ आश्विन बुधबार ११:५८     43 जनाले पढ़िसके



Spread the love

दुई दिनमा तोलामा ८ हजार ८ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ।

सुनको भाउ आज तोलामा २ हजार ८ सय रुपैयाँ बढेर २ लाख ९३ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यववसायी महासंघले जनाएको छ।

सोमबार तोलामा ५ हजार घटेको सुनको भाउ हिजो पनि तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको थियो।

मंगलबार सुनको भाउ २ लाख ९० हजार ५ सय रुपैयाँ थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि पनि बढेको छ। तोलामा ३० रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ४ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

हिजो तोलामा २ सय ६० रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ३ सय ९५ रुपैयाँमा झरेको थियो। त्यसअघि सोमबार पनि चाँदीको भाउ तोलामा १ सय ४५ रुपैयाँ घटेको थियो।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।