हिजोको ठूलो गिरावटपछि सुनको मूल्य आज पनि घट्यो

 संवाददाता    २०८३, १३ आश्विन मंगलवार ११:४४     0 View



Spread the love

सोमबार तोलामा ५ हजार घटेको सुनको भाउ आज पनि व्यापक मात्रामा घटेको छ।

सुनको भाउ आज तोलामा ३ हजार ८ सय रुपैयाँ घटेर २ लाख ९० हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको भाउ २ लाख ९४ हजार ३ सय थियो। दुई दिनमै सुनको भाउ तोलामा ८ हजार ८ सय रुपैयाँ घटिसकेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि व्यापक मात्रामा घटेको छ।

तोलामा २ सय ६० रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ३ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

हिजो पनि चाँदीको भाउ तोलामा १ सय ४५ रुपैयाँ घटेको थियो।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।