सुन–चाँदीको मूल्यमा गिरावट जारी, आज पनि दुवै सस्तिए

 संवाददाता    २०८३, ९ आश्विन शुक्रबार ११:०९     58 जनाले पढ़िसके



Spread the love

हिजो तोलामा ३ हजार २ सय घटेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ।

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेर २ लाख ९८ हजार ६ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको भाउ बिहीबार तोलाको २ लाख ९९ हजार १ थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेर ४ हजार ६ सय २० रुपैयाँमा झरेको छ।

हिजो सुनको भाउ १ सय ६५ रुपैयाँ घटेर ४ हजार ६ सय ५० रुपैयाँमा झरेको थियो।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।