भारतीय नागरिक आधा किलो सुनसहित विमानस्थलबाट पक्राउ

 संवाददाता    २०८३, ८ आश्विन बिहीबार १५:४०     38 जनाले पढ़िसके



Spread the love

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलोग्राम सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई) बाट फ्लाई दुबईमा आएका भारतको केरलाका मोहमद चेरा ठोदी ५३५ ग्राम सुनसहित पक्राउ परेका हुन्। विमानस्थलका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालका अनुसार उनले ल्याएको सुन अर्धठोस अवस्थामा छ।

विमानस्थलमा खटिएको प्रहरीले सुरक्षा जाँच गर्दा उनले लगाएको भित्रिबस्त्र (पेन्टी) भित्र प्लास्टिकमा र्‍यापिङ गरेको अवस्थामा उक्त सुन बरामद भएको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको पनि एसपी सिलवालले जानकारी दिए।