चाँदीको भाउमा ठूलो गिरावट, सुन पनि सस्तियो

 संवाददाता    २०८३, ८ आश्विन बिहीबार ११:२४     0 View



Spread the love

हिजो बढेको सुनचाँदीकै मूल्यमा आज गिरावट आएको छ।

सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढेर ३ लाख २ हजार ३ सय पुगेको थियो।

मंगलबार सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँ घटेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १ सय ६५ रुपैयाँ घटेर ४ हजार ६ सय ५० रुपैयाँमा झरेको छ। हिजो चाँदीको भाउ तोलाको ४ हजार ८ सय १५ रुपैयाँ थियो।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।