राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो एक हजारको नयाँ नोट

 संवाददाता    २०८३, ८ आश्विन बिहीबार ११:०२     20 जनाले पढ़िसके



Spread the love

नेपाल राष्ट्र बैंकले साविककै आकार र रंगमा परिमार्जन गरी नयाँ विशेषताहरूसहित एक हजार रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै बिहीबारदेखि उक्त नोट चलनचल्तीमा ल्याएको जनाएको हो ।

नयाँ नोटमा वैजनी रंगको घेराभित्र फिक्का हरियो रंग रहेको छ । नोटको अघिल्लो र पछिल्लो भागमा विभिन्न सुरक्षात्मक तथा पहिचानजन्य विशेषताहरू राखिएका छन् ।

नोटको अघिल्लो भागमा प्रतिज्ञामूलक वाक्यांशः मध्य खण्डमा श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइने छ लेखिएको छ ।

नाेटमा बायाँतर्फ सगरमाथा हिमाल, दायाँतर्फ लालीगुराँसको पानीछाप र सोको मुनि १००० अंकित पानीछाप रहेको छ । सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र राखिएको छ । नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ भने तल्लो खण्डमा सिरिज नम्बर “वि.सं. २०८२” लेखिएको छ ।