दुई दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो

 संवाददाता    २०८३, ७ आश्विन बुधबार ११:३२     48 जनाले पढ़िसके



Spread the love

आज सुनचाँदीकै मूल्य बढेको छ।

सुनको मूल्य आज तोलामा १ सय रुपैयाँ बढेर ३ लाख २ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँ घटेर ३ लाख २ हजार २ सयमा झरेको थियो। सोमबार पनि सुनको भाउ तोलामा १ हजार ३ सय घटेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेर ४ हजार ८ सय १८ रुपैयाँ पुगेको छ।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।