लगातार घट्दै सुनको भाउ, चाँदीको मूल्यमा पनि गिरावट

 संवाददाता    २०८३, ६ आश्विन मंगलवार ११:१०     33 जनाले पढ़िसके



Spread the love

सोमबार तोलामा १ हजार ३ सय घटेको सुनको भाउ आज थप घटेको छ।

तोलामा १ हजार ७ सय रुपैयाँ घटेर आज सुनको भाउ तोलाको ३ लाख २ हजार २ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत शुक्रबार र आइतबार दुई दिनमा ५ हजार ७ सय बढेको सुनको भाउ हिजो र आज लगातार घटेको हो।

हिजो सुनको भाउ तोलाको ३ लाख ३ हजार ९ सय थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा ३० रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ७ सय ७५ रुपैयाँमा झरेको छ।

हिजो चाँदीको भाउ ४ हजार ८ सय ५ रुपैयाँ थियो।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।