सुनको मूल्यमा लगातार वृद्धि, आज पनि बढ्यो भाउ

 संवाददाता    २०८३, ४ आश्विन आईतवार ११:३७     58 जनाले पढ़िसके



Spread the love

गएको शुक्रबार तोलामा ३ हजार ६ सय रुपैयाँ बढेको सुनको भाउ आज थप बढेको छ।

सुनको मूल्य आज तोलामा २ हजार १ सय रुपैयाँ बढेर ३ लाख ५ हजार २ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार तोलामा २ हजार ३ सय घटेको सुनको भाउ शुक्रबार तोलामा ३ हजार ६ सय बढेर ३ लाख ३ हजार १ सय पुगेको थियो।

२ कारोबार दिनमा सुनको भाउ ५ हजार ७ सय बढेको छ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेर ४ हजार ७ सय ९५ पुगेको छ। शुक्रबार तोलामा १ सय ५० रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ७ सय ७५ रुपैयाँ पुगेको थियो।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।