नेपाल–चीन व्यापार कोरला नाकातर्फ सर्दै, दुई महिनामै ३ अर्ब राजस्व संकलन

 संवाददाता    २०८३, २ आश्विन शुक्रबार १३:२५     16 जनाले पढ़िसके



Spread the love

नेपाल–चीन व्यापारका लागि वैकल्पिक मार्गको रुपमा प्रयोग हुन थालेको मुस्ताङको कोरला नाकाले चालू आवको दुई महिनामा ३ अर्ब ७ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

नेपाल–चीन व्यापारका लागि प्रयोग हुँदै आएको रसुवागढी र तातोपानी नाका बन्द हुँदा कोरला नाका मार्फत व्यापारिक गतिविधि बढ्दा ठूलो मात्रामा राजस्व संकलन भएको हो।

गत भदौ १० को बाढीले भन्सार कार्यालयसहित सडक पूर्वाधार बग्दा रसुवागढी नाका पूर्ण रुपमा अवरुद्ध छ भने चीनले तातोपानी नाका पनि अस्थायी रुपमा बन्द गरेको छ। यस्तोमा नेपाल–चीन स्थलगत व्यापार कोरला नाकाले थेगेको छ।

कोरला भन्सार कार्यालयका अनुसार साउनमा साउनमा २६ करोड ३९ लाख रुपैयाँ र भदौमा २ अर्ब ८१ करोड ५४ लाख रुपैयाँ राजस्व संकलन भएको हो। कोरला नाकाबाट साउनमा ५७ वटा र भदौमा ६९७ वटा कन्टेनर भित्रिएका छन्। जसबाट ९६ करोड ६२ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

विद्युतीय गाडी (ईभी) साउनमा १०० युनिट र भदौमा १२ सय ५३ युनिट भित्रिएको छ। जसबाट २ अर्ब ११ करोड ३१ लाख रुपैयाँ राजस्व संकलनको कार्यालयले जानकारी दिएको छ।