सोलुको सोताङ गाउँपालिका उपाध्यक्षविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

 संवाददाता    २०८३, ३१ भाद्र बुधबार १३:४२     9 जनाले पढ़िसके



Spread the love

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अञ्जु नाछिरिङ्ग राईसहित दुईजनाका विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले जनाएअनुसार आर्थिक वर्ष २०८०/०८१ मा ढाका सिलाई-बुनाई तालिम सञ्चालन गर्दा प्रशिक्षकहरूसँग घुस, रिसवत माग गरिएको थियो ।

उनीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदाफा (१) र (२) बमोजिम ४५ हजार रुपैयाँ बिगो र कैदको माग दाबी गरिएको छ ।

उनी नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।