हिजो ३५ सयले बढेको सुन आज सस्तियो, चाँदीको मूल्यमा पनि गिरावट

 संवाददाता    २०८३, २४ भाद्र बुधबार ११:२०     106 जनाले पढ़िसके



Spread the love

हिजो तोलामा ३ हजार ५ सय बढेको सुनको भाउ आज घटेको छ।

सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँ घटेर ३ लाख २ हजार ४ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो ३ हजार ५ सय रुपैयाँ बढेर सुनको भाउ ३ लाख ५ हजार ४ सय पुगेको थियो।

यसअघि आइतबार तोलामा ३ हजार १ सय रुपैयाँ घटेको सुनको भाउ सोमबार पनि तोलामा १ हजार २ सय रुपैयाँ घटेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ घटेर ४ हजार ७ सय ५० रुपैयाँमा झरेको छ। हिजो १ सय रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ७ सय ९० रुपैयाँ पुगेको थियो।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।