नेपालप्रति समवेदना व्यक्त गर्दै अस्ट्रेलियाली विदेशमन्त्रीले गरिन् शोक पुस्तिकामा हस्ताक्षर

 संवाददाता    २०८३, २३ भाद्र मंगलवार ११:१५     43 जनाले पढ़िसके



Spread the love

अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङले नेपालमा हालै भएको विपद्प्रति दुःख व्यक्त गर्दै क्यानबेरास्थित नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेकी छन् ।

विदेशमन्त्री वङले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिँदै अस्ट्रेलिया नेपाली जनताको साथमा रहेको बताएकी छन् ।

उनले नेपालमा विपद्बाट प्रभावित अस्ट्रेलियाली नागरिकलाई सहयोग गर्न नेपालले गरेको प्रयासप्रति आभारसमेत व्यक्त गरेकी छन् ।

‘अस्ट्रेलिया नेपालका जनताको साथमा छ,’ उनले फेसबुकमा लेखेकी छन् ।

साथै, वङले विपद्मा ज्यान गुमाउने तथा प्रभावित नेपालीहरूप्रति सहानुभूति व्यक्त गरेकी छन् ।

‘यस विपद्बाट प्रभावित अस्ट्रेलियालीलाई सहयोग गर्न नेपालले गरेको प्रयासप्रति हामी आभारी छौँ । हाम्रो विचार नेपाली जनता र नेपाल सरकारसँगै छ,’ उनले लेखेकी छन् ।