भोटेकोशी बाढी प्रभावितका लागि सिटिजन्स बैंकको २ करोड २२ लाख २२ हजार सहयोग

 संवाददाता    २०८३, २२ भाद्र सोमबार १५:२९     28 जनाले पढ़िसके



Spread the love

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशीको बाढी प्रभावितहरूका लागि आर्थिक सहयोग गरेको छ । बैंकले त्यस क्षेत्रमा राहत सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको हो ।

सिटिजन्स बैंकका अधिकारीहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त सहयोग हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणमा बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायत बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

बैंकले उपलब्ध गराएको सहयोग रकम भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र उनीहरूको पुनर्स्थापनामा सघाउ पुग्ने जनाएको छ ।