सुनचाँदीको भाउमा गिरावट, २ दिनको वृद्धिपछि सुन सस्तियो

 संवाददाता    २०८३, २१ भाद्र आईतवार १२:५१     134 जनाले पढ़िसके



Spread the love

आइतबार स्थानीय बजारमा सुन र चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन हजार १०० रुपैयाँ घटेर तीन लाख चार हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि ४० रुपैयाँ घटेर प्रतितोला चार हजार ७२५ रुपैयाँ पुगेको छ।

गत शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ४०० रुपैयाँ पुगेको थियो भने चाँदी चार हजार ७६५ रुपैयाँ तोकिएको थियो।