बाढीपछि भेटिएको धनमाल नलुकाउन नेपाल प्रहरीको अपिल

 संवाददाता    २०८३, २१ भाद्र आईतवार ११:५५     90 जनाले पढ़िसके



Spread the love

नेपाल प्रहरीले रसुवाको भोटेकोसी बाढीपछि हराएका सुनचाँदी, नगद, धनमाल तथा महत्त्वपूर्ण कागजात फेला परेमा आफूसँग नराख्न र बिक्री-वितरण पनि नगर्न आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयले आइतबार एक भिडियो सन्देश जारी गर्दै जारी गर्दै बाढीमा फेला परेको सामान नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो।

बाढीमा धेरै सर्वसाधारणका सुनचाँदी, नगद, एटीएम, चेकबुक, नागरिकता, राहदानीलगायत महत्त्वपूर्ण कागजात तथा धनमाल हराएका प्रहरीले जनाएको छ।

‘फेला परेको धनमाल वा कागजात आफूखुसी प्रयोग गर्ने, लुकाउने, आफूसँग राख्ने वा खरिद/बिक्री गर्ने कार्य मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत कसूर हुने प्रहरीले बताएको छ। त्यस्तो कार्यमा संलग्नमाथि कानुनी कारबाही हुने छ,’ प्रहरीको सूचनामा भनिएको छ।

हराएको धनमाल वा कागजातबारे कुनै सूचना भए तत्काल प्रहरीलाई खबर गर्न र फेला परेको सामान वास्तविक हकदारलाई फिर्ता गरेर सहयोग गर्न पनि प्रहरीले आग्रह गरेको छ।

सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने प्रहरीले जनाएको छ।