गएका पाँच दिनमा तोलामा २४ हजार ८ सय रुपैयाँ घटेको सुनको भाउ आज फेरि व्यापक मात्रामा बढेको छ।
सुनको मूल्य आज तोलामा ७ हजार रुपैयाँ बढेर ३ लाख ४ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको भाउ हिजो तोलामा ८ हजार ८ सय रुपैयाँ घटेर २ लाख ९७ हजार ३ सयमा झरेको थियो।
त्यसअघि मंगलबार सुनको भाउ तोलामा ५ सय, सोमबार २ हजार ४ सय र आइतबार ९ हजार ५ सय रुपैयाँ घटेको थियो।
गएको शुक्रबार पनि सुनको भाउ तोलामा २ हजार ४ सय र बिहीबार १ हजार २ सय रुपैयाँ घटेको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १ सय ४५ रुपैयाँ बढेर ४ हजार ७ सय २५ रुपैयाँ पुगेको छ।