सुनको भाउ घट्ने क्रम रोकिएन, आज पनि ठूलो गिरावट

 संवाददाता    २०८३, १७ भाद्र बुधबार ११:४३     156 जनाले पढ़िसके



Spread the love

गएको पाँच दिनमा १६ हजार रुपैयाँ घटेको सुनको मूल्यमा आज पनि पहिरो गएको छ।

सुनको भाउ आज तोलामा ८ हजार ८ सय रुपैयाँ घटेर २ लाख ९७ हजार ३ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार तोलामा ५ सय रुपैयाँ घटेर सुनको भाउ ३ लाख ६ हजार १ सयमा झरेको थियो।

गएको आइतबार एकैदिन तोलामा ९ हजार ५ सय घटेको सुनको भाउ सोमबार तोलामा २ हजार ४ सय घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँमा झरेको थियो।

यसअघि गएको शुक्रबार सुनको भाउ तोलामा २ हजार ४ सय र बिहीबार पनि १ हजार २ सय रुपैयाँ घटेको थियो।

सुनको भाउ आजसहित ५ दिनमा २४ हजार ८ सय रुपैयाँ घटिसकेको छ।

त्यसैगरी चाँदीको मूल्य पनि तोलामा १ सय ८५ रुपैयाँ घटेर ४ हजार ५ सय ८० रुपैयाँमा झरेको छ।