चार दिनमा १५ हजार ५ सय रुपैयाँ घटेको सुनको भाउ आज थप घटेको छ।
सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ घटेर ३ लाख ६ हजार १ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको आइतबार एकैदिन तोलामा ९ हजार ५ सय घटेको सुनको भाउ सोमबार तोलामा २ हजार ४ सय घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँमा झरेको थियो।
यसअघि गएको शुक्रबार सुनको भाउ तोलामा २ हजार ४ सय र बिहीबार पनि १ हजार २ सय रुपैयाँ घटेको थियो।
सुनको भाउ आजसहित ५ दिनमा १६ हजार रुपैयाँ घटिसकेको छ।
त्यसैगरी चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेर ४ हजार ७ सय ६५ रुपैयाँमा झरेको छ।