बाढी प्रभावितका लागि अस्ट्रेलियाको सहयोग, राहतसहित एयरफोर्सको विमान नेपाल आउँदै

 संवाददाता    २०८३, १५ भाद्र सोमबार १२:४७     30 जनाले पढ़िसके



Spread the love

अस्ट्रेलिया सरकारले मानवीय सहायता तथा विपद् उद्धारका लागि आवश्यक राहत सामग्री, उपकरणसहितको जनशक्ति नेपाल पठाउने भएको छ।

भदौ १० को भोटेकोसी बाढीले नेपालको रसुवा, नुवाकोट र धादिङमा पुगेको क्षतिपछि अस्ट्रेलिया सरकारले रोयल अस्ट्रेलियन एयर फोर्सको विमानमार्फत केही दिनमा राहत सामग्री, उपकरणसहितको जनशक्ति पठाउने लागेको हो।

अस्ट्रेलिया सरकारले रोयल अस्ट्रेलियन एयर फोर्सको सी-१७ए ग्लोबल मास्टर ३ मार्फत नेपालमा अत्यावधिक सामग्रीसहित जनशक्ति पठाउन लागेको छ।

अस्ट्रेलिया सरकारले विनाशकारी बाढीपछि उद्धार तथा पुनःस्थापनाका लागि जारी सहयोगअन्तर्गत थप ३० लाख अस्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ। अस्ट्रेलियाले उपलब्ध गराउन लागेको यो दोस्रो चरणको मानवीय सहायता हो।

 

 

बाढीपछि ४२ जना अस्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन रहेको अस्ट्रेलियाको रक्षा मन्त्रालयले जनाएको छ। तर, नेपाल पर्यटन बोर्डले भने ३५ जना अस्ट्रेलियन पर्यटक सम्पर्कविहीन रहेको जनाएको छ। उनीहरूको अवस्था यकिन गर्न र उनीहरूका परिवार तथा आफन्तलाई आवश्यक सहयोग उपलब्ध गराउन अस्ट्रेलिया सरकारले नेपाली उद्धार टोलीसँगको समन्वयमा खोज्ने प्रयास गरिरहेको छ।

संकट व्यवस्थापन, कन्सुलर सेवा तथा अस्ट्रेलियन फेडरल पुलिस (एएफपी) का अधिकारीसहित १२ जना अस्ट्रेलियाली उद्धार तथा प्रतिक्रिया टोलीका सदस्य अहिले काठमाडौंमा रहेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ। नेपाल सरकारले अस्ट्रेलिया सरकारसँग हाइजिन किट (सरसफाइ सामग्री) र सौर्य बत्ती लगायतका अत्यावश्यक आपत्कालीन सामग्री उपलब्ध गराउन अनुरोध गरेको रक्षा मन्त्रालयले जनाएको छ।

 

 

अस्ट्रेलियाको थप सहयोगअन्तर्गत २० लाख अस्ट्रेलियन डलर बराबरको रकम यस्ता सामग्री तथा अन्य मानवीय सहायता उपलब्ध गराउन छुट्याइएको बताइएको छ। उक्त सामग्री अस्ट्रेलियाबाट नेपाल ल्याउने प्रयत्न भइरहेको छ। रोयल अस्ट्रेलियन एयर फोर्स (आरएएफ) ले यी सहयोग सामग्रीमध्ये पहिलो खेप आगामी केही दिनमा क्विन्सल्यान्डबाट नेपाल ल्याउने तयारी गरिरहेको छ।

बाढीपछि अस्ट्रेलियाका सर्वसाधारणबाट मात्रै हालसम्म १४ लाख अस्ट्रेलियन डलर सहयोग संकलन भइसकेको बताइएको छ। यसलाई थप सहयोग गर्दै अस्ट्रेलिया सरकारले थप १० लाख अस्ट्रेलियन डलर उपलब्ध गराउने भएको छ।

यससँगै अस्ट्रेलिया सरकारको योगदान २० लाख अस्ट्रेलियन डलर पुग्ने बताइएको छ। उक्त रकम अस्ट्रेलियाली गैरसरकारी संस्थाका साझेदारमार्फत स्थानीय संस्थाहरूसँग सहकार्य गरी प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनःनिर्माणको काममा खर्च गरिनेछ।

 

 

थप सहयोगसहित भोटेकोसी बाढीका लागि अस्ट्रेलिया सरकारले उपलब्ध गराउने कुल मानवीय सहायता ८० लाख अस्ट्रेलियन डलर पुग्ने छ।

अस्ट्रेलिया सरकारले नेपाल सरकारसँग निरन्तर समन्वय र संवाद गरिरहेको र आगामी दिनमा थप सहयोग उपलब्ध गराउने अपेक्षा रहेको जनाएको छ।