नक्कली भौचर बनाएर राहत कोषमा पैसा हालेको प्रचार गर्ने कार्की पक्राउ

 संवाददाता    २०८३, १४ भाद्र आईतवार ११:२५     47 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको भनी नक्कली क्यूआर कोड र स्टेटमेन्ट सामाजिक सञ्जालमा पोष्ट गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

रामेछापको गोकुलगंगा गाउँपालिका-२ ठोसका ३२ वर्षीय भगवान कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

उनले भोटेकोशी बाढी प्रभावितका लागि खडा गरिएको कोषमा आफूले १ लाख २० हजार रूपैयाँ सहयोग गरेको भनी च्याटजिपिटीबाट नक्कली भौचर खडा गरेको पाइएको छ ।