बाढीपीडितका लागि नेकपाले २५ लाख सहयोग गर्ने घोषणा

 संवाददाता    २०८३, १४ भाद्र आईतवार ११:१७     29 जनाले पढ़िसके



Spread the love

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा २५ लाख सहयोग गर्ने निर्णय गरेको छ।

विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा तत्काल २५ लाख रुपैयाँ नगद जम्मा गर्ने निर्णय गरिएको नेकपाले जनाएको छ।

पार्टीले नगद सहयोगका साथै प्रभावित क्षेत्रका नागरिकका लागि आवश्यक राहत सामग्रीसमेत सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको छ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार विपद्को यस कठिन घडीमा प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनर्स्थापनामा टेवा पुगोस् भन्ने उद्देश्यले नगद तथा राहत सामग्री उपलब्ध गराउने निर्णय गरिएको हो।

संकटको समयमा नागरिकको जीवनरक्षा र राहत वितरणलाई प्रभावकारी बनाउन सबै पक्षको हातेमालो आवश्यक रहेको नेकपाले जनाएको छ।