चार दिनमा तोलामा १८ हजार ६ सय रुपैयाँ बढेको सुनको भाउ आज घटेको छ।
सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँ घटेर ३ लाख २२ हजार २ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको भाउ तोलाको ३ हजार २ सय रुपैयाँ बढेर ३ लाख २२ हजार ७ सय पुगेको थियो।
सुनको भाउ गएको आइतबार तोलामा २ हजार ८ सय, शुक्रबार ३ हजार ३ सय र बिहीबार ९ हजार ३ सय रुपैयाँ बढेको थियो।
त्यसैगरी चाँदीको मूल्य भने आज पनि घटेको छ।
तोलामा ६५ रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ९ सयमा झरेको महासंघले जनाएको छ।
हिजो तोलामा १० रुपैयाँ घटेर चाँदीको भाउ तोलाको ४ हजार ९ सय ६५ रुपैयाँ कायम भएको थियो।