गरिमा हत्या प्रकरणमा आरोपीको भिडिओ सार्वजनिक भएकोमा रास्वपाको आपत्ति

 संवाददाता    २०८३, ८ भाद्र सोमबार १३:५२     20 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन आचार्यले गरिमा चौधरी हत्याका विषयमा राज्य र समाज संवेदनशील नबनेको भन्दै प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै घटनापछि मृतकका परिवार र अभियुक्तको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भन्दै आपत्ति जनाए ।

उनले हामीले कस्तो समाज बनाइरहेका छौँ ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘मृतकको बुवाआमाले धन्यवाद भनेको भिडिओ मन्त्रालयमा खिचिन्छ र कतै मेडिकल गर्दै गर्दा अभियुक्तले बोलेको कुराहरूलाई सार्वजनिक तरिकाले पब्लिकमा राखिन्छ । यस्तो समाज बन्द गरिनुपर्छ ।’