चोरीको १० तोला सुनका गहनासहित युवक पक्राउ

 संवाददाता    २०८३, ८ भाद्र सोमबार १२:५९     32 जनाले पढ़िसके



Spread the love

१० तोला सुनका गहनासहित प्रहरीले पर्वतबाट एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्वतकै मोदी गाउँपालिका- ५ बाजुङ बस्ने करिब ३० वर्षीय खड्क बहादुर कुँवर छन्।

उनलाई मोदी -६ उपल्लो डिमुवाबाट चोरीको १० तोला सुनसहित पक्राउ गरिएको प्रहरीले जनाउको छ।

प्रहरीका अनुसार उनले मोदी गाउँपालिका-२ पातिचौरस्थित एक होटल सञ्चालकको घरबाट ती गरगहना चोरी गरेका थिए।

स्थानीय देउराली होटलका सञ्चालक दिनेशकुमार पुनको घरको सुत्ने कोठाबाट उनले गरगहना चोरी गरेको जानकारीपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलको कमाण्डमा ६ जनाको टोली खटिएको थियो।

कुँवरलाई जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ ।