सुनचाँदी बजारमा सुनको उछाल कायमै, आज पनि मूल्य बढ्यो

 संवाददाता    २०८३, ८ भाद्र सोमबार ११:०६     86 जनाले पढ़िसके



Spread the love

तीन दिनमा १५ हजार ४ सय बढेको सुनको भाउ आज पनि बढेको छ।

सुनको मूल्य आज तोलामा ३ हजार २ सय रुपैयाँ बढेर ३ लाख २२ हजार ७ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको भाउ हिजो तोलामा २ हजार ८ सय रुपैयाँ बढेर ३ लाख १९ हजार ५ सय कायम भएको थियो।

यसअघि गएको बिहीबार सुनको भाउ तोलामा ९ हजार ३ सय र शुक्रबार ३ हजार ३ सय रुपैयाँ बढेको थियो।

आजसहित चार कारोबार दिनमा सुनको भाउ तोलामा १८ हजार ६ सय रुपैयाँ बढिसकेको छ।

त्यसैगरी आज चाँदीको मूल्य भने आज पनि घटेको छ।

हिजो तोलामा १० रुपैयाँ घटेर चाँदीको भाउ आज पनि तोलामा १० रुपैयाँ नै घटेर तोलाको ४ हजार ९ सय ६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।