सुनको भाउमा लगातार उछाल, हिजो ९३ सय बढेको मूल्य आज पनि बढ्यो

 संवाददाता    २०८३, ५ भाद्र शुक्रबार १२:०४     55 जनाले पढ़िसके



Spread the love

हिजो तोलामा ९ हजार ३ सय रुपैयाँ बढेको सुनको भाउ आज पनि बढेको छ।

तोलामा ३ हजार ३ सय रुपैयाँ बढेर सुनको भाउ आज ३ लाख १६ हजार ७ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि बुधबार घटेको सुनचाँदीकै मूल्य बिहीबार बढेको थियो। हिजो सुनकाे भाउ तोलामा ९ हजार ३ सय रुपैयाँ बढेर ३ लाख १३ हजार ४ सय रुपैयाँ पुगेको थियो।

बुधबार भने सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँ घटेर ३ लाख ४ हजार १ सयमा झरेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा १३० रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ९ सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

हिजो तोलामा २६० रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको थियो।