बुधबार घटेको सुनचाँदीकै मूल्यमा आज भारी वृद्धि भएको छ।
सुनको भाउ आज तोलामा ९ हजार ३ सय रुपैयाँ बढेर ३ लाख १३ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँ घटेर ३ लाख ४ हजार १ सयमा झरेको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि व्यापक मात्रामा बढेको छ। तोलामा २६० रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको छ।
हिजो चाँदीको भाउ तोलाको ४ हजार ५ सय ९५ रुपैयाँ थियो।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।