कर्णालीमा मन्त्रालय बाँडफाँटमा नेकपा–एमालेबीच सहमति

 संवाददाता    २०८३, ३ भाद्र बुधबार १४:१५     0 View



Spread the love

कर्णाली प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा (एमाले)बिच भागबन्डा भएको छ।

कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत लिनुअघि दुई दलले मन्त्रालय भागबन्डा गरेका हुन्। शाहीले आज बस्ने प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।

सहमती अनुसार अब कर्णालीमा नेकपाले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाउने छ भने एमालले ३ मन्त्रालय लिने छ।

मुख्यमन्त्री शाही र एमाले संसदीय दलका नेता यामलाल कँडेलले सहमती पत्रमा हस्ताक्षर गरेका छन्।

सहमती अनुसार नेकपाले भौतिक पूर्वाधार, भूमि र उद्योग मन्त्रालय लिने छ भने एमालेले आर्थिक मामिला तथा योजना, सामाजिक विकास र जनस्रोत तथा ऊर्जा मन्त्रालय लिनेछ।

संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार शाहीले आज विश्वासकाे मत लिन लागेका हुन्।

शाही एमालेको समर्थनमा गत साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

दुई दलबीचको मन्त्रालय बाँडफाँडमा ढिलाइ हुँदा अझै मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। कुल ४० सदस्यीय प्रदेशसभामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) १४ र एमालेका १० प्रदेशसभा सदस्य छन्।