आज सुनचाँदीकै मूल्यमा गिरावट आएको छ।
सुनको भाउ आज तोलामा २ हजार ७ सय रुपैयाँ घटेर ३ लाख ४ हजार १ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको सोमबार तोलामा १ हजार ६ सय बढेर सुनको भाउ ३ लाख ६ हजार ८ सय पुगेको थियो। बुधबार सुनको भाउ सोही मूल्यमा स्थिर थियो।
गएको शुक्रबार तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको सुनको भाउ आइतबार र सोमबार गरेर ५ हजार २ सय रुपैयाँ बढेको थियो।
त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा १६० रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ५ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
हिजो पनि तोलमा २५ रुपैयाँ घटेर चाँदीको भाउ ४ हजार ७ सय ५५ रुपैयाँमा झरेको थियो।