भक्तपुरस्थित भाटभटेनी सुपरस्टोर आजदेखि चौबीसै घण्टा खुल्ला हुने भएको छ।
योसँगै राधेराधेमा रहेको स्टोरको ग्रोसरीमा ग्राहकले राति जतिखेर पनि किन्न पाउने भएका हुन्।
भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पानु पौडेलले ग्रोसरी गर्ने पहिलो तला सोमबारदेखि २४सै घण्टा खुल्ने जानकारी दिए।
यसपछि ललितपुरको पाटन र काठमाडौंको टंगालमा रहेको स्टोर पनि क्रमशः खुल्ला हुने उनको भनाइ छ।
रातैभर ग्रोसरी खुल्ला हुने भएपछि स्टोरमा राति काम गर्ने कर्मचारीलाई थप तलबको व्यवस्था समेत गरिएको छ। उनीहरुले कुल तलबमा २५ प्रतिशत थप पाउनेछन्।