सोमबार तोलामा ३ हजार ६ सय बढेको सुनको भाउ आज पनि बढेको छ।
सुनको भाउ आज तोलामा १ हजार ६ सय रुपैयाँ बढेर ३ लाख ६ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको शुक्रबार तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको सुनको भाउ हिजो र आज गरेर ५ हजार २ सय रुपैयाँ बढेको हो।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ६० रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ७ सय ७० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।
गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।