४६ सयले घटेको सुन आज फेरि महँगियो, चाँदीको मूल्य पनि बढ्यो

 संवाददाता    २०८३, ३१ श्रावण आईतवार ११:३७     58 जनाले पढ़िसके



Spread the love

गएको शुक्रबार तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको सुनको भाउ आज फेरि बढेको छ।

सुनको भाउ आज तोलामा ३ हजार ६ सय रुपैयाँ बढेर ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत साता ५ दिनमा २४ हजार २ सय बढेको सुनको भाउ गएको शुक्रबार तोलामा ४ हजार ६ सय रुपैयाँ घटेर ३ लाख १ हजार ६ सयमा झरेको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा ५० रुपैयाँ बढेर चाँदीको भाउ आज ४ हजार ७ सय १० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।