जिल्ला भूमि समस्या समाधान समिति झापाले कनकाइ नगरपालिकाको वडा नं ३ र ६ का १३ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।
समितिले भूमिहीन सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोबास गरेका १३ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो।
समितिले सार्वजनिक गरेको विवरण अनुसार केही जग्गा आवास प्रयोजनका लागि छन् भने केही जग्गा कृषि प्रयोजनका छन्।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।